बानाद्धारा राहतको रकम नेपाली राजदूत डा. अर्जुन कार्कीलाई हस्तान्तरण

बाल्टिमोर-अमेरिकाको मेरिल्यण्डस्थित नेपालीहरुको संस्था ‘बाल्टिमोर एसोसियसन अफ नेपलिज ईन अमेरिका’ ‘बाना’, ले नेपालको भूकम्प पीडितहरुका लागि संकलन गरेको राहत रकम अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीमार्फत नेपालको प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण गरेको छ।

Earthquake relief fund handover program 2015
Earthquake relief fund handover program 2015

बाल्टिमोरमा आज आयोजित नेपालीहरुको भेलामा बाना अध्यक्ष कुलमणि आचार्यले २५ हजार डलर बराबरको चेक राजदूत कार्कीलाई हस्तान्तरण गरेका हुन्।

भूकम्प पीडितको राहतका लागि बानाले करिब ४५ हजार डलर सहयोग रकम जुटाएको र त्यसमध्ये २५ हजार डलर मात्र प्रधानमन्त्री राहत कोषलाई दिएको बाना अध्यक्षले बताए।

बाँकि रकम संस्थाका प्रतिनिधीहरू नै नेपाल गएर राहतस्वरुप वितरण गरिने पनि उनले उल्लेख गरे। आचार्यका अनुसार बाना प्रतिनिधिहरु छिट्टै नै नेपाल जाने छन्।

बाना उपाध्यक्ष सतिष चापागाईले धेरै मानिसहरुको सानो सानो सहयोगले यो रकम जम्मा हुन सकेको बताए। उनले भने,‘कतिपय स्कूलमा पढ्ने नानीहरूले समेत सहयोग संकलन गरेर दिए। भौतिक रूपमा टाढा भएपनि भावनाको नेपाल हामीसँगै छ। त्यही भएर यो सहयोग जुटेको हो।’

रकम हस्तान्तरण समारोहमा अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्कीले सहयोग रकम प्रधानमन्त्री राहत कोष मार्फत सिधै पीडितको पुग्ने बताए। सो कोषको रकम दुरूपयोग हुने कुरामा शंका नगर्न अनुरोध गर्दै उनले भने, ‘नेपाल सरकार बाहेक कसैले पनि सहयोगमा आएको पैसा शतप्रतिशत पीडितसम्म पुर्‍याउन सक्दैन। गैरसरकारी संस्थाको ओभरहेड खर्च हुन्छ।’

आफू राजदूत भएर आएपछि अमेरिकामा भेटिएका सयौं नेपाली मध्ये कतिले राहत कोषको रकमले पार्टी कार्यकर्ता पोषिने हो कि भन्ने चासो राखेको प्रसंग पनि उनले उठाए ।

हुन पनि नेपालको भूकम्प पछि प्रधानमन्त्री राहत कोषको अनलाईन संकलन कोषमा जम्मा ५१,२८६ डलर रकम जुटेको छ । भने सोही अवधिमा अमेरिका लगायत पश्चिमा देशहरुमा स्वयंसेवी रुपमा सहयोग उठाउन प्रयोग गरिने एउटा अनलाइन पोर्टल – ‘गोफण्डमी’ मा मात्रै नेपालको भूकम्प पीडितको सहयोगका लागि भनेर ५८ लाख ७० हजार २४ डलर उठेको छ। व्यक्ति व्यक्तिले स्वःस्फूर्त रूपमा उठाएको यस्तो रकम वास्तविक भूकम्प पीडितसम्म पुग्ने कुरामा शंका गर्दै त्यसलाई नियमनका लागि दूतावासलाई अनुरोधहरू आएको प्रसंग पनि राजदूत कार्कीले उल्लेख गरे।

‘राजदूत भएर आएको दिनदेखि नै म यसमा लागिरहेको छु’, डा कार्कीले भने, ‘टेम्पोरेरी प्रोटेक्टेड स्ट्याटस ‘टिपिएस’का बारेमा पनि म फलोअप गरिरहेको छु।’

अमेरिकामा रहेका अनडकुमेण्टेड नेपालीहरुका लागि ‘टिपिएस’ अर्को राहत हुने राजदूत कार्कीको कथन थियो।

राहत रकम हस्तान्तरण समारोहमा मेरिल्याण्ड स्टेट कंग्रेसका रिपब्लिकन डेलिगेट क्रिष्चियन मिलीले नेपालीहरुलाई परेको दैवी विपत्तिबाट आफू मर्माहत भएको र बाल्टिमोरमा रहेका नेपाली समुदायसँग मिलेर काम गर्न तयार रहेको बताए।

Source: Setopati

Photo Album:

Earthquake relief Handover Program by BANA -June 3, 2015

For instance, unsafe sexual intercourse, frequent intercourse, masturbation, or excessive sexual fantasy will cause excessive blood congestion of prostate. viagra for women online But one of the main and common sexual problems that men are suffering from Certain Health Complications Note that you must browse around this shop levitra soft tabs not take this medicine without consulting the doctor. If lack of sperm is suspected, doctors may opt for a surgery or hormone medication to correct the problem. pill viagra for sale There are many online stores where you can purchase viagra uk shop at the finest affordable cost. cialis pills are not only generic cialis online but also it is as powerful as the normal unica-web.com without any side effects.

No comments yet, be the first to leave one!

You must be logged in to post a comment.