धुर्मुस र सुन्तली अमेरिकामा सरसफाईको सहयोग जुटाउने अभियानमा

dhurmus-suntali-sarsafai

विजय थापा

वाशिंगटन डिसी । सरसफाई दूत घोषणा गरिएका हाँस्यकलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले सरसफाई अभियानका लागि सहयोग जुटाउन अमेरिका पुगेका छन् ।

अमेरिकामा रहेका नेपालीहरुले आयोजना गरेको विक्रम संवतको नयाँ वर्ष २०७२ कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका धुर्मुस र सुन्तलीको जोडीले अमेरिकामा सहयोग अभियान चलाएका हुन् । करिब सवा दुई महिनाको कार्यक्रममा सहभागी हुन अमेरिका आएका उनीहरु देश सफा गर्ने अभियानमा लागि परेका छन् ।

हाल सम्म भर्जिनिया तथा बोस्टनमा गरि ३ वटा कार्यक्रम प्रदर्शन गरि सकेका धुर्मुस’ र ‘सुन्तली’ ले कार्यक्रमको अतिरिक्त सर सफाई अभियानलाई पनि अमेरिकामा व्यापक सचेतना गरि रहेका छन् । उनीहरुको यो अभियानलाई अमेरिकामा रहेका नेपाली समुदायले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरि सकेका छन् ।
The method of erectile dysfunction involves an undesirable buy female viagra activity which causes no share of lust filled moments in one’s life. Also, the effects of Kamagra become visible only after receiving some purchasing viagra online form of sexual stimulation. This oral generic generic india viagra drug is very safe if you are used after the consultation of professional physician. Eat healthy and right food that gives you plenty amount of calcium and fulfills your overnight cialis daily requirements.
सरकारले घोषणा गरेको ‘सन् २०१७ सम्मको सरसफाई गुरुयोजना “अन्तर्गत डेढ महिनामा आफूहरुले सर सफाईका थुप्रै काम गर्न सफल भएको बताए । सीताराम कट्टेल र कुञ्जना घिमिरेले देश सफा गर्ने अभियानमा सुदुरपश्चिमका कञ्चनपुर, कैलाली, बाँके, बर्दिया लगायतका जिल्लामा पुगेर सफाई अभियानलाई अगाडि बढाई सकेका बताए । यसैैगरि पूर्वका मोरङ, सुनसरी, उदयपुर लगायतका क्षेत्रमा पनि सफाई अभियान गरि सकेको बताए ।

वाशिंगटन डिसीमा धुर्मुसले भने खुला दिशामुक्त क्षेत्र बनाउने हाम्रो लक्ष्य हो । काठमाडौँको चक्रपथमा सरकारबाट निर्मित चर्पी छैन । राजमार्गमा शौचालय छैन । महेन्ऽ राजमार्गमा पूर्वदेखि पश्चिमसम्म मात्र ११ सय चर्पीको आवश्यक छ ।’
आफू अमेरिका भएको बखत नेपाली समुदाय संग सहयोगको अपेक्षा राखेको बताए । नेपालको सर सफाईमा हामी प्रत्यक्ष रुपमा संलग्न भएको र हुने भन्दै नेपालको सरसफाईमा सहयोग गर्न चाहने सबै नेपाली समुदायलाई यो कामको जिम्मेवार लिन चाहेको उनीहरुले बताए । हामी नेपाली समुदायसंग यस बिषयमा कुरा गर्न चाहन्छौ । सम्पर्क गर्न चाहना राख्ने सबैसँग हामी सम्पर्क पनि बढाउने छौं ।

सीतारामले भने सर सफाई गर्नु भनेको त्यति सरल काम हैन तर सर्व प्रथम हामी सफा हुनु पर्छ । हाम्रो घर सफा हुनुपर्छ । शरीरमा भएको फोहोर निकाल्नु पर्छ । त्यसमा पनि हाम्रो मन सफा हुनुपर्छ । सरसफाई अभियानमा हाते मालो गर्न विदेशमा रहेका हरेक स्वाभिमानी नेपालीलाई कट्टेलले आग्रह गरे ।

नेपाल सरकारले कला क्षेत्रबाट कलाकारलाई दिएको यो उच्च सम्मान भएको भन्दै त्यो भरोसालाई सफल पार्न दत्तचित्त साथ लागि परेको कट्टेलले वाशिंगटन डिसीमा बताए । नेपाल सरकारले सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई उप-सचिव सरहको सेवा र सुविधा दिएर यो अभियानको ‘सद्भावना दुत’ बनाएको हो ।

No comments yet, be the first to leave one!

You must be logged in to post a comment.