धादिंग र गोरखाका भुकम्प प्रभावित वस्तीमा राहत वितरण

naso_logoदलित नागरिक समाज महाभुकम्प पीडित सहयोग तथा समन्वय समितिले नासो कम्युनिटि युएसएको सहयोगमा धादिङ जिल्लाको ज्यामरुङ गाविस वडा नं. ३ र ४ का ८० घरपरिवार र गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. २ स्थित
गान्धारी टोलका ३० घरपरिवार र गोरखा जिल्लाको छोप्राक गाविस वडा १ डुम्रेस्वरा टोलका ६० घरपरिवारलाई राहत वितरण गर्यो । राहत वितरण धादिङ जिल्लामा मिति २०७१ जेठ १८ गते र गोरखामा २०७१ जेठ १९ गते गरिएको थियो ।
दलित नागरिक समाज महाभुकम्प पीडित सहयोग तथा समन्वय समितिका संयोजक एवम्  दलित गैर सरकारी संस्था महासंघका अध्यक्ष गजाधर सुनार र नासो कम्युनिटी  युएसएका अध्यक्ष गोपाल सुनारको सहभागितामा राहत वितरण गरिएको थियो ।
धादिङ जिल्लाको ज्यामरुङ गाविसमा राहत वितरणमा धादिङ जिल्लाका दलित विकास समितिका उपाध्यक्ष, जीसीआईका अध्यक्ष राजन लोहनी, दलित गैसस महासंघका प्रतिनिधि कमल विश्वकर्मा, दलित सेवा संघका वरिष्ठ उपाध्यक्ष गणेश
कालीराज, युवा दलित समन्वय केन्द्रका महासचिव रघु परियारलगायतको उपस्थिति  रहेको थियो । राहत वितरण गर्नुअघि राहत वितरण टोलीले धादिङ जिल्लाका  प्रमुख जिल्ला अधिकारी, जिल्ला दैवीप्रकोप उद्धार समितिका पदाधिकारीहरु It cleanses bowel thoroughly. f) Dissolve 3-4 teaspoons cialis samples of Isabgul husk in to a glass of warm milk or water and drink it. Patients suffering from viagra cheap generic high blood glucose are advised to intake withania somnifera extract daily with milk. This Means that lifestyle changes are the best natural supplements to boost viagra sale mastercard libido in men. A person must always see to it that whatever disorder they face one must get through the disorder soon so that it should not viagra uk affect the person for their life long.
तथा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी भेटी समग्र जिल्लामा भुकम्पको  प्रभाव, राहत वितरणको अवस्था र दलितहरुको अवस्थाका विषयमा जानकारी लिनुभएको थियो ।
जिल्लाका सरकारी पदाधिकारीहरुसंगको भेटमा नासोका अध्यक्ष गोपाल विश्वकर्मा र संयोजक गजाधर सुनारले पहुँच नभएका कारण भुकम्प प्रभावित जिल्लाहरुमा सरकारी राहत सामग्रीहरु दलित समुदायमा नपुगेको गुनासोबारे
जानकारी गराउँदै भुकम्पबाट सबैभन्दा गरिब, दलित र महिला समुदायलाई असर परेको हुँदा त्यसतर्फ ध्यान दिन अनुरोध गर्नुभएको थियो ।
धादिङ ज्यामरुङ गाविसमा राहत वितरणको संयोजन दलित सेवा संघ धादिङ जिल्ला अध्यक्ष श्याम मग्रातीले गर्नुभएको थियो भने सहयोग ज्यामरुङ गाविस वडा नं.४ वडा नागरिक मञ्चका संयोजक खिरेन्द्र तिमिल्सिना, भिमबहादुर
तिमिल्सिना, धनकुमारी नेपाली, ज्ञानु नेपालीले सहयोग गर्नुभएको थियो ।
त्यस्तै गोरखा जिल्लाको गान्धारी टोलमा दलित अधिकारकर्मी पूर्ण बहादुर गान्धारी, कृष्ण विश्वकर्मा, उपेक्षित, उत्पीडित दलित उत्थान तथा विकास समितिका गोरखा जिल्लाका उपाध्यक्ष इतराम सुनारले सहयोग गर्नुभएको थियो
भने सो जिल्लाको संयोजन कृष्ण विश्वकर्माले गर्नुभयो । गोरखा जिल्लाको राहत वितरणमा दलित सेवा संघका वरिष्ठ उपाध्यक्ष गणेश कालीराज र जिसिआईका अध्यक्ष राजन लोहनीबाहेक सबै प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

No comments yet, be the first to leave one!

You must be logged in to post a comment.