नेपाली समुदायमा जीवन विमाको महत्व

This topic contains 0 replies, has 1 voice, and was last updated by Profile photo of Author Author 8 years, 4 months ago.

  • Author
    Posts
  • #1067
    Profile photo of Author
    Author
    Keymaster

    govinda_giri_preranaआजकाल नेपाली समुदायमा जीवन विमाको विषयमा प्रशस्त कुराकानी हुन थालेको छ । जीवन विमाका एजेण्टहरुमा नेपालीहरुको संख्या केही वर्ष यता उल्लेख्य ढँगमा वढेको छ र जीवन विमाको महत्व वुझेर जीवन विमा किन्नेहरुको संख्या पनि वढेको छ । वाराक ओवामाले स्वास्थ्य विमा अनिवार्य गरेपछि लगभग सवैले स्वास्थ्य विमा किनेका छन् । कारको विमा अनिवार्य छ, घरको विमा अनिवार्य छ, यी विमा त किन्नै पर्यो । तर जीवन विमा अनिवार्य नभएकाले नेपाली समुदायमा यसप्रति चासो र आकर्षण थिएन । अरु आप्रवासी समुदायमा पनि त्यस्तै हो । तर मानिसको महत्व घर, कारभन्दा कम हो त ? पक्कै होइन । तर पनि जीवन विमा प्राथमिकतामा परेको देखिंदैन ।
    विगतका वर्षहरुमा नेपालीहरुको जनसंख्या अमेरिकामा निकै वढेको छ । अनुमान गरिए अनुसार नेपालीहरु अमेरिकामा ३ लाख भन्दा वढी छन् । भूटानी नेपाली समुदायलाई पनि गणना गर्ने हो भने यो संख्या अझ वढ्छ । जनसंख्यावृद्धिसँगै नेपाली समुदायमा घटना दुर्घटना वढ्नु, मृत्युको संख्या वढ्नु पनि स्वाभाविक हो । कतिपय अवस्थामा मृत्यु वा दुर्घटनापछि उपचारका लागि वा काजकृयाका लागि अथवा मृतकको लाश नेपाल लैजानका लागि तथा मृतकको परिवारका लागि आर्थिक सहायता नेपाली संघसंस्थाहरुवाट जुटाउने परोपकारी काम भएका छन् । यो हाम्रो समाजको सकारात्मक पक्ष हो । यसमा दुईमत छैन । तर हामी कतिन्जेल चन्दा दानवाट काम चलाउने परिपाटी थामिरहने ? अतः यसको विकल्प खोज्न जरुरी छ र त्यो विकल्प जीवन विमा हुन सक्छ ।
    हुन त हाम्रो समुदायका कतिपय नेपालीहरुले दाल भात जुटाउन धौ धौ छ के को जीवन विमा किन्नु भनेर भन्ने गरेको पनि पाइन्छ । हो त्यो सत्य हो । तर कतिपय अवस्थामा साना तिना खर्चहरु कटौती गरेर पनि जीवन विमाको प्रिमियमको जोहो गर्न सकिन्छ । एउटा साधारण उदाहरण हेरौं न, यौटा ४० वर्षको घरमूलीको १ लाखको स्थायी जीवन विमाको लागि सरदर ९० डलर जति प्रिमियम आवश्यक हुन्छ । कहीं कतै घरमूलीको असामयिक निधन भएको खण्डमा आफ्नो परिवारको आर्थिक भविष्य सुरक्षित गर्न दिनको ३ डलर जोगाउन सकिंदैन होला त ? यौटा कफी, सोडा, वियर, अथवा सिग्रेट किन्ने पैसामध्यवाट दिनको ३ डलर जोगाउने हो भने परिवारको आर्थिक भविष्य सुरक्षित गर्न सकिन्छ । यो यौटा उदाहरण मात्र हो कसरी सानो वचतवाट परिवारको आर्थिक भविष्य सुरक्षित गर्न सकिन्छ भन्ने ।
    तर अमेरिकी वजारमा सयौं सयौं विमा कम्पनीहरु छन्, कुन कम्पनीको विमा किन्ने ? हजारौं हजार विमाका एजेण्टहरु छन् कोसँग किन्ने ? यो प्रश्न पनि छ ।
    अमेरिकामा मूलतः २ प्रकारका जीवन विमा छन्ः
    १, टर्म इन्श्योरेन्स अथवा अस्थायी जीवन विमा
    २, होल लाइफ, युनिभर्सल लाइफ इन्श्योरेन्स अथवा स्थायी जीवन विमा ।
    यि दुई प्रकारका जीवन विमा मध्ये कुन जीवन विमा उपयुक्त हो भन्ने विषयको लामो र अन्तहीन विवाद सधैं चल्ने गरेको छ । टर्म इन्श्योरेन्स मात्र विक्री गर्ने एजेण्टले टर्म इन्श्योरेन्स मात्रै राम्रो हो भन्ने अथाह तर्कहरु पेश गर्दछन् भने होल लाईफ वा युनिभर्सल लाइफ मात्रै वेच्ने एजेण्टले होल लाईफ र युनिभर्सल लाइफको पक्षमा तर्क दिन्छन् । तर ठिक कुन हो भन्ने कुरा विमा किन्ने व्यक्तिको लागि यौटा सोचनिय कुरा हुन जान्छ । अतः जीवन विमा वेच्नुभन्दा जीवन विमाको विषयमा जानकारी दिएर शिक्षित वनाउनु महत्वपूर्ण काम हो । शिक्षा दिएपछि कुन ठिक हो उनीहरुलाई निर्णय गर्न सजिलो हुन्छ ।

    टर्म इन्श्योरेन्स कस्तो हुन्छ ?
    १, टर्म इन्श्योरेन्स सस्तो हुन्छ र निश्चित अवधिका लागि एउटै प्रिमियम लाग्ने हुन्छ । तर त्यसको मूल्य कति अवधिका लागि हो त्यसमा भर पर्छ । जस्तो १० वर्षे अवधिको सवैभन्दा सस्तो हुन्छ भने १५ वर्षे अलि महँगो, २० वर्षे अझ महँगो र ३० वर्षे झन् महँगो हुन्छ । तर एकपल्ट निर्धारण गरेर निश्चित अवधिको टर्म इन्श्योरेन्स लिइसकेपछि त्यो अवधि भूक्तान भएपछि सामान्यत त्यो भन्दा वढी अवधि वढाउन सहज छैन । उदाहरणको लागि ३० वर्षको उमेरको मानिसले ३० वर्षे टर्म इन्श्योरेन्स लिएको छ भने ६० वर्ष पुगेपछि त्यो टर्म इन्श्योरेन्सको अवधि समाप्त हुन्छ । ६० वर्ष भित्र मृत्यु भएका परिवारले इन्श्योरेन्सको रकम पाउँछन्, तर जिवित रहेको खण्डमा इन्श्योरेन्स रहँदैन । यहाँनेर प्रश्न उठ्छ, के त्यसपछि इन्श्योरेन्सको अवधि वढाउन मिल्दैन ? जवाफ छ, अवश्य मिल्छ । तर प्रिमियम अति महँगो हुन्छ जुन तिर्न सकिने हुँदैन र त्यो पनि वर्षैपिच्छे वढ्दै जान्छ । के त्यसो भए टर्म इन्श्योरेन्स कामै नलाग्ने हो त ? होइन, काम लाग्छ सामान्यतया निम्न अवस्थामाः
    क) टर्म इन्श्योरेन्स सस्तो हुन्छ ।
    ख) अहिले आर्थिक रुपले स्थायी विमा गर्न सम्भव छैन भने हाललाई टर्म इन्श्योरेन्स लिएर पछि त्यसलाई स्थायी इन्श्योरेन्समा वदल्न सकिन्छ र स्वास्थ्य जाँचको झण्झटवाट मुक्त हुन सकिन्छ ।
    ग) कुनै खास प्रयोजनका लागि निश्चित अवधिसम्म आर्थिक संरक्षणको आवश्यकता छ भने टर्म इन्श्योरेन्स उपयोगी हुन सक्छ ।
    तर टर्म इन्श्योरेन्स जीवनभरको लागि भने हुन सक्दैन र प्रिमियम वापत तिरेको सवै रकम खर्च हुन्छ एक पैसा पनि वचत हुदैन ।

    होल लाइफ वा युनिभर्सल लाइफ इन्श्योरेन्स कस्तो हुन्छ ?
    १) यो इन्श्योरेन्स टर्म इन्श्योरेन्सभन्दा महँगो हुन्छ तर प्रिमियमको केही भाग खर्च भएर जान्छ र केही भाग वचत हुन्छ जुन वचतले व्याज कमाउन सक्छ र त्यो वचतको रकम आर्थिक संकटको वेला लिन सकिन्छ ।
    २) यो इन्श्योरेन्स यौटा मानिस जीवित रहेसम्म कायम राख्न सकिन्छ जस्ले गर्दा विमा गर्ने मानिसको जुनसुकै उमेरमा मृत्यु भएमा पनि इन्श्योरेन्सको रकम परिवारले पाउन सक्छन् । अर्थात् मानिसको मृत्यु निश्चित हुन्छ र स्थायी विमाको रकम पनि पाइने निश्चित हुन्छ ।
    ३) यो इन्श्योरेन्सको प्रिमियम सामान्यतः सधैं नै एउटै हुन्छ तर आफूले चाहेको खण्डमा शुरुका वर्षहरुमा वढी प्रिमियम तिरेर जीवनभर शुरक्षित हुन पनि सकिन्छ ।

    टर्म लाइफ इन्श्योरेन्स वा होल लाइफ अथवा युनिभर्सल लाइफ कस्तो इन्श्योरेन्स लिने हो त्यो नितान्त इन्श्योरेन्स किन्ने व्यक्तिले निर्णय गर्ने कुरा हो । अतः इन्श्योरेन्स एजेण्टले यी सवै इन्श्योरेन्सको विषयमा स्पष्टसँग वताइदिनुपर्दछ र किन्नेले उचित निर्णय गर्न सक्दछ । यो व्यवसाय सेवा व्यवसाय हो, यसमा इन्श्योरेन्स किन्ने व्यक्तिलाई कसरी अत्यधिक फाइदा पुग्दछ त्यसमा ध्यान दिनुपर्दछ ।

    कस्तो इन्श्योरेन्स कम्पनीको जीवन विमा लिने ?
    यो प्रत्येकजसो ग्राहकले निर्णय गर्नुपर्ने कठिन निर्णय हो । यौटा कुरा के सत्य हो भने जीवन विमा राज्यको कानूनले अति गम्भिरतापूर्वक नियमित रुपले अनुगमन गर्ने क्षेत्र हो । इन्श्योरेन्स एजेण्ट हुनका लागि राज्यको परीक्षा पास गरी व्याक ग्राउण्ड सफा भएको कानूनी रुपले अमेरिकामा स्थायी वसोवास गर्ने वा काम गर्ने अनुमति पाएका व्यक्तिले मात्र गर्न सक्दछन् । त्यसै गरी इन्श्योरेन्स कम्पनीहरुले पनि पालना गर्नुपर्ने कानूनी प्रकृयाहरु छन् । तर पनि कति कम्पनी अति ठूला र अखवार टिभीमा होर्डिंग वोर्डमा विज्ञापन गरेर परिचित देखिन्छन् भने कतिपय कम्पनीहरुको नाम सुनिएको हुँदैन । तर अमेरिकामा सवै इन्श्योरेन्स कम्पनीले सञ्चालनका लागि पालना गर्नुपर्ने शर्तहरु एउटै हो त्यसैले ठूलो वा सानो कम्पनीले खासै फरक पर्ने हुँदैन । फरक पर्ने कुरा ती कम्पनीको आर्थिक अवस्था र आर्थिक कारोवारको शुद्धता हो जसको नापो रेटिंग कम्पनीहरुले गर्दछन् । स्वतन्त्र रेटिंग कम्पनीहरुले रेटिंग हरेक वर्ष गर्दछन् र विशेष गरी ए रेटिंग वा ए प्लस रेटिंग भएका कम्पनीहरु भरपर्दा मानिन्छन् ।

    जीवन विमाको सुविधा अर्थात् डेथ वेनिफिट लिन मर्न जरुरी छ ?
    यो निकै चाखलाग्दो र धेरैलाई थाहा नभएको र कतिले पत्यार गर्न गाह््रो मानेको यथार्थ हो । अमेरिकाको इन्श्योरेन्स जगतमा सन् २००७ मा यौटा नयाँ कुरा देखियो, त्यो थियो लिभिंग वेनिफिटको अवधारणा । अमेरिकाका थोरै इन्श्योरेन्स कम्पनीहरुले मात्र फूल लिभिंग वेनिफिट प्रदान गर्दछन् ।
    यो सुविधा अन्तरगत निम्न कुराहरु पर्दछन्ः
    क) टर्मिनल इलनेस ( Terminal Illness )
    डाक्टरले २ वर्षभित्र मृत्यु हुन्छ भनी लेखिदिएमा त्यस्तो व्यक्तिले मृत्युपछि परिवारले पाउने भनिएको जीवन विमाको डिस्काउण्टेड रकम जीवन कालमा आफैंले लिएर खर्च गर्न पाउँदछ ।

    ख) क्रोनिक इलनेस ( Chronic Illness )
    अमेरिकामा यौटा सारसांैदो मानिसले गर्ने दैनिक कृयाकलापलाई ६ वटा संख्यामा सूचिकृत गरिएको छ ।
    ती यस प्रकार छन्ः

    १ Bathing,

    २ Continence,

    ३ Dressing,

    ४ Eating,

    ५ Toileting and

    ६ Transferring

    यी ६ कृयाकलापमध्ये २ वटा कृयाकलाप इन्श्योरेन्स लिएको २ वर्षपछि ९० दिनसम्म गर्न नसकेमा यो जीवनकालिन सुविधा लिन सकिन्छ ।

    ग)क्रिटिकल इलनेस ( Critical Illness )
    निम्न १३ वटा विमारी भएमा कुन अवस्थाको हो सो अनुसार जीवनकालमै डेथ वेनिफिट लिन सकिन्छ । विमारीको अवस्था भन्नाले] Minor, Moderate, Severe and Life Threatening हो ।
    १३ विमारीहरु यसप्रकार छन्ः

    १,ALS ( Lou Gehrig’s Disease,

    २,Aorta Graft Surgery,

    ३,Aplastic Anemia,

    ४,Blindness,

    ५,Cancer,

    ६,Cystic Fibrosis,

    ७,End Stage Renal Failure,

    ८,Heart Attack,

    ९,Heart Valve Replacement,

    १०,Major Organ Transplant,

    ११,Motor Neuron Disease,

    १२,Stroke

    १३,Sudden Cardiac Arrest

    भएमा माथि उल्लिखित ४ अवस्थामध्ये कुन अवस्थाको हो सो अनुसार डिस्काउण्टेड डेथ वेनिफिट लिन सकिन्छ ।

    घ) क्रिटिकल इन्ज्योरी ( Critical Injury
    यदि कुनै व्यक्ति निम्न ४ अवस्थाको क्रिटिकल इन्ज्योरी भएमा डिस्काउण्टेड डेथ वेनिफिट जीवनकालमै लिन सकिन्छ :

    १,Coma,

    २,Paralysis,

    ३,Severe Burns and

    ४,Traumatic Brain Injury

    यदि चलनचल्तीको प्रिमियम तिरेर अर्थात् अतिरिक्त पैसा खर्च नगरी यस्तो जीवनकालमै सुविधा पाइने इन्श्योरेन्स वजारमा छ भने किन नलिने भन्ने प्रश्न हो । यो विषयलाई नेपाली समुदायमा पुर्याउने हो भने संकटको वेलामा निकै उपकार हुन सक्दछ ।

    मेरो नीजि विचारमा इन्श्योरेन्स नै नलिनु भन्दा कुनै पनि इन्श्योरेन्स लिनु राम्रो हो । त्यति नै पैसामा वढी सुविधा भएको इन्श्योरेन्स पाइन्छ भने वढी सुविधा भएको इन्श्योरेन्स लिनु राम्रो । इन्श्योरेन्स किन्ने वेलामा एजेण्टसँग सवै कुरा सोधेर वुझेर लिनु राम्रो । राय सल्लाह लिनु छ भने इन्श्योरेन्सको विषयमा ज्ञान भएका व्यक्तिको राय सल्लाह लिनु राम्रो ।
    (विशेष नोटः यो लेखका लेखक लाइफ इन्श्योरेन्स व्यवसायसँग सम्वन्धित छन् तर यो लेखले कुनै आर्थिक कम्पनी वा इन्श्योरेन्स कम्पनीको प्रतिनिधित्व गर्दैन । यो लेख जीवन वीमाको विषयमा सामान्य जानकारी हेतु प्रस्तुत गरिएको हो । यसमा दिइएका उदाहरण केवल उदाहरणका लागि हुन् । कति उमेरको मानिसको कति प्रिमियम हुन्छ भन्ने कुरा त्यो व्यक्तिको लिंग, उमेर, स्वास्थ्यको अवस्था तथा धुम्रपान गर्ने नगर्ने इत्यादिमा भर पर्दछ । विस्तृत निशुल्क जानकारीका लागि लेखकको इमेल वा फोनमा सम्पर्क गर्न सकिन्छ ।

    Email: gggprerana@gmail.com . Phone: 703-587-0795)

You must be logged in to reply to this topic.