विद्यार्थी भिसामा अमेरिका जानेले श्रीमान्/श्रीमती/बच्चालाई लैजाने प्रोसेस कसरी गर्ने?

This topic contains 0 replies, has 1 voice, and was last updated by Profile photo of Author Author 7 years, 9 months ago.

  • Author
    Posts
  • #1290
    Profile photo of Author
    Author
    Keymaster

    पढ्नको लागि अमेरिका आउँदा अमेरिकन दूतावासले विद्यार्थीलाई दिने भिसालाई F1 VISA भनिन्छ। विद्यार्थी भिसामा जान चाहने विद्यार्थीको श्रीमान् वा श्रीमती (अनि २१ वर्षभन्दा कम उमेरको बच्चा) लाई पनि सँगै लैजान सकिने प्रावधान छ। यसरीसँगै जानेलाई दिने भिसालाइ F2 VISAभनिन्छ। जसलाई बोलिचालीमा हामीहरु डिपेन्डेन्ट भिसा भनेर बुझ्छौं। F1/F2 को बारेमा जान्नु पर्ने अर्को महत्वपूर्ण कुरा भनेको डिपेन्डेन्ट(F2) लाई काम गर्ने र ‘पार्ट-टाइम’मनोरञ्जनात्मक/व्यवसायिक विषयबाहेक स्कुलमा पढ्ने अनुमति हुँदैन। F2 भिसा भएको व्यक्ति F1 भिसा Holder अमेरिका बसुञ्जेल बस्न पाइन्छ। यसबीचमा Travel मा कुनै रोकटोक हुँदैन।
    F1 सँगसँगै F2 भिसाको प्रोसेस कसरी गर्ने ?
    F1 VISA को लागि Apply गर्नेले शुरुमै (Visa को लागि निवेदन दिने र Interview Date लिने पछि हो), University को भर्नाको लागि Admission Application भर्ने बेलामै, Dependent को बारेमा सोधेको जानकारी नछुटाई लेख्ने। प्राय Application माDependent को नाम, जन्म मिति, र विद्यार्थी भिसामा जानेवालासँगको नाता के हो भनेर सोधेको हुन्छ (हेर्नुस तस्बिरमा)।
    Admission Application मै वर्षभरिको (वा एक सेमेस्टरको) पढ्न, खान र बस्न लगायतको जरुरी खर्चको अनुमानित रकम पनि उल्लेख गरिएको हुन्छ। कति University ले Dependentसहितको खर्च भनेर प्रस्टै खुलाएर पनि लेखेका हुन्छन्। महत्वपूर्ण कुरा के हो भने, तपाईँले Application सँगै हालसालैकोBank (Balance) Statement with Transaction पनिUniversity लाई पठाउनु पर्छ। तपाईँले पठाउने Bank Statement मा कम्तिमा पनि Application मा उल्लेख गरेको खर्च पुग्ने Bank Balance हुनु जरुरी छ।
    Bank Statement त्यसको नाममा हुनु पर्दछ जसले तपाईँको पढाई, खाने, बस्ने खर्छ बेहोर्नेछ। जसलाई Sponsor भनिन्छ । उदाहरणको लागि आफ्नो बुवा-आमा। जो Sponsor हो, उसँगको नाता प्रमाणित पनि गाविस/नगरपालिकाबाट बनाएर त्यसको फोटोकपी पनि University लाई पठाउनु पर्छ।
    Sponsor ले ‘फलानो मेरो छोरो/छोरी/वा भाइ हो र म उसको अमेरिका अध्यनको समयमा लाग्ने सम्पूर्ण खर्च बेहोर्नेछु’ भनेर लेखेको छुट्टै पत्र पनि University लाई पठाउनु पर्छ। कतिUniversity ले भने Application मै एउटा छुट्टै फारम राखेको हुन्छन; Affidavit of Support भन्ने। चिठ्ठी लेख्नुको साटो यसलाई नै भरेर पठाउँदा पनि हुन्छ। याद राख्नुस्, यही नाता प्रमणित र Sponsor Letter पछि भिसा Interview को लागि एम्बेसीमा जाँदा पनि लिएर जानु पर्ने कागजपत्र मध्य]मा पर्दछन्।
    Universityलाई पठाउनु पर्ने Documents ( F1 Visa ) हरु:
    Transcripts of your SLC, +2 and and Bachelors Degree (If you are applying for Bachelors Degree).
    Note : SLC/+2 को Mark Sheet लगायतका Documentsको Copies (Scan गरेर email मार्फत पठाउँदा होस् या हुलाकबाटै (DHL गरेर) पठाउँदा होस्) त्यो Copies हरु प्रमाणित (attest) गरेको हुनै पर्छ।
    Character Certificates
    Proof Of Language Proficiency : For Example, IELTS or TOEFL

    GRE/GMAT scores if you are applying for Masters Level.

    o NOTE : Test (TOEFL/GRE/GMAT) को Mark Sheetतपाईँ आफैंले पठाएर हुँदैन (IELTS को चाहिँ हुन्छ) TESTलिने को Website (online) बाट Request गरेर ‘मेरोScore फलानो University मा पठाई दे’ भनेर भन्नु पर्छ। अझ राम्रो त के हुन्छ भने, यी Test दिनुअघि नै आफूलेAdmission को लागि Apply गर्न लागेको University को नाम थाहा हुने हो भने, Test को लागि Online मा Dateलिँदा र Test Fee तिर्दा नाम दिने हो भने, बढीमा चार वटासम्म Universities लाई तपाईँको Test Score (Mark Sheet) पठाई दिन अनुरोध गर्न सकिन्छ। त्यतिबेला नगरेर पछि गर्ने हो भने सोही कुराको लागि एउटा University लाईScore पठाई दिएको $20 सम्म लाग्छ।

    Proof of Financial Support (Bank Statement and showing recent bank transactions (issued within the last 6 months) showing a balance that can support your School Fees)
    Sponsorship letter
    Relationship certificate that proves your relationship with Sponsor
    Copy of your Passport ( Photo page and Signature page )
    F2 Visa documents
    विवाह दर्ता, जन्म दर्ताको प्रमाणपत्र र Copy of your Passports पनि बुझाउनु पर्ने छ।
    माथिका तपाईंका कुनै पनि कागजपत्रहरु अंग्रेजी बाहेकका भाषामा छन् भने तपाईँले बबरमहलमा अवस्थित किताबखाना अथवा सो सरहको अधिकारिक संस्था मा गएर अंग्रेजीमा अनुवाद गरेर मात्र पठाउनु पर्ने छ !
    University ले सबै Application/Documents पाएपछिAdmission दिने भयो भने तपाईँ र तपाईँको Dependent को लागि I-20 पठाई दिन्छ । I-20 हात परे पछि, पहिला SEVIS Fee ($200) तिर्नु पर्छ। अनि बल्ल तपाईँले भिसा Interview कोApplication भर्ने अनि Interview को लागि Appointment (Date) लिन सक्नुहुनेछ । SEVIS Fee कसरी तिर्ने भन्ने जानकारी University ले I-20 सँगै पठाइदिएको हुन्छ। SEVIS Fee Dependent को लागि भने तिर्नु पर्दैन, यो F1 भिसाको लागि मात्रै हो।
    यदि F1 भिसा Holder/ विद्यार्थी भिसा मा तपाईँ अमेरिका मै हुनुहुन्छ, र नेपालमा रहेका आफ्नो श्रीमान्/श्रीमती/बच्चालाई F2भिसामा अमेरिकामा बोलाउन चाहनु हुन्छ भने प्रोसेस झन्डै-झन्डै माथि उल्लेख गरेको झैँ नै हो। तपाईँ आफू अहिले पढिरहेको University को International Student Office मा गएर कुरा गर्नु भयो भने उनीहरुले तपाईँलाई तपाईँकोDependent को लागि I-20 Issue गर्ना के-के चाहिन्छ भनेर जानकारी दिनेछन्। प्राय:ले नेपालबाट सँगै गर्नुको साटो, पहिलाF1 भिसामा आफू आउने, अनि मात्रै यहाँबाट Dependent लागि प्रोसेस गर्ने गर्दछन्।

    Source: http://global.setopati.com/america/1967/

You must be logged in to reply to this topic.