अमेरिकामा युएससिआईएसले डिसेम्बर २३ देखि लागु हुनेगरी अधिकांश आवेदनहरुको दर्ता शुल्कबृद्धि

Tagged: 

This topic contains 0 replies, has 1 voice, and was last updated by Profile photo of Author Author 7 years, 4 months ago.

  • Author
    Posts
  • #1442
    Profile photo of Author
    Author
    Keymaster

    -किशोर पन्थी

    अमेरिकी सरकारको युएससिआईएसले डिसेम्बर २३ देखि लागु हुनेगरी अधिकांश आवेदनहरुको दर्ता शुल्क बढाएको छ । जस अन्तरगत अब अमेरिकी ग्रिनकार्डका लागि आवश्यक फारम आई ४८५ का लागि अमेरिकी सरकारको युएससीआईएसलाई दर्ता शुल्कबापत ११४० अमेरिकी डलर बुझाउनु पर्नेछ । यसअघि यसका लागि ९८५ अमेरिकी डलर बुझाउनुपर्ने थियो । युएससीआईएसले ग्रिनकार्ड फारम सहित ४६ वटा फारमको दर्ता शुल्क बढाएको छ । अध्यागमनसम्बन्धि आवेदनहरुबाट उठ्ने शुल्कबाट लगभग सम्पूर्ण रुपमा नै पालिदै आएको युएससिआईएसले हरेक दुईबर्षमा शुल्कबारे पुनविचार गर्न सकिने कानुन अन्तरगत शुल्कहरु बढाएको हो । तर यसपटक भने युएससिआईएसले ६ बर्षमा पहिलोपटक शुल्कहरु बढाएको हो ।

    औषतमा प्राय आवेदनमा २१ प्रतिशतले शुल्कबृद्धि गरिएको जनाइएपनि केही आवेदनको शुल्कभने दोब्बर वा त्यो भन्दा पनि धेरै बढाइएको छ । युएससिआईएसले दिने सेवा धान्नका लागि शुल्क बढाउनुपरेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । डिसेम्बर २३ वा त्योभन्दा पछि पोष्टमार्क हुने आवेदनहरुका हकमा नयाँ शुल्क लागु हुने भएको छ ।

    बढेको सम्पूर्ण शुल्क विवरण हेर्न यहाँ क्लिक गर्नुहोला ।

    युएससिआईएसका डाइरेक्टर लिओन रोडरीगेजले भने हामीले सन् २०१० यता पहिलोपल्ट शुल्क बढाएका छौं । अन्तिम नियम बनाइरहदा आएका सार्वजनिक सुझावहरुको हामी इमान्दारिताका साथ प्रशंसा गर्दछौं । युएससिआईएस आवेदकहरुको शुल्कहरुबाट चल्ने भएकाले ग्राहकहरुलाई प्रभावकारी सेवा दिनका लागि शुल्कबृद्धि अनिवार्य रहेको उनको भनाई छ ।

    बढेको शुल्क अनुशार अमेरिकाको नागरिकताका लागि एन ४०० आवेदन दिनका लागि लाग्ने शुल्क ५९५ डलरबाट बढाएर ६४० बनाइएको छ । तर अमेरिकी सरकारको गरिबी रुपरेखा अन्तरगत १५० देखि २ सय प्रतिशतसम्ममात्र आम्दानी हुनेहरुले भने कम शुल्क अर्थात् ३२० डलरमा पनि नागरिकताका लागि आवेदन दिन सक्नेछन् । उदाहरणका लागि ३६ हजारदेखि ४८ हजार डलरकोबीचमा आम्दानी हुने चारजनाको परिवार भएको खण्डमा उनीहरुले ३२० डलरमा नागरिकताका लागि आवेदन दिन सक्नेछन् । तर उनीहरुले त्यसका लागि आई ९४२ नामको अर्को फारम भर्नुपर्नेछ । त्यस्तै नागरिकताको प्रमाणपत्रका लागि दिने आवेदन एन ६०० का लागि आवेदनशुल्क ११७० डलर बनाइएको छ ।

    यदि आवेदकको चेकबाट रकम प्राप्त नभएमा चेक नसाटिएबापत लाग्ने शुल्क आवेदककै खाताबाट काटिने र पहिलोपटक नसाटिएको चेक दोश्रो पटक पनि बैंकमा डिपोजिट गरिने युएससिआईएसले जनाएको छ । यदि दोश्रो पटक पनि चेक फिर्ता भएमा रकम नतिरेको आधारमा आवेदन अस्वीकार गरिने युएससीआईएसको भनाई छ । यदि यो बीचमा आवेदनक स्वीकृत भइसकेको भए शुल्क नतरिका कारण स्वीकृति उल्टाउने आशयको सुचना आवेदकलाई दिइने छ ।

    source: http://www.khasokhas.com/?p=6882

You must be logged in to reply to this topic.