Nepal America International Film Festival-2017

Map Unavailable

Date/Time
Date(s) - 05/05/2017 - 05/07/2017
All Day

Categories


नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव (Nepal America International Film Festival-2017) वासिङ्गटन डिसी मेट्रोक्षेत्रमा आयोजना हुने
प्रेस नोट
मितिः मंसिर १५, २०७३
नेपाल—अमेरिका फिल्म सोसाइटी (Nepal America International Film Festival-2017) अमेरिकी कानुनअनुसार दर्ता भई क्रियाशील गैरनाफामुलक संस्था हो । यस संस्थाले नेपाल र अमेरिकाको कला, संस्कृति र ज्ञानलाई चलचित्रको माध्यमबाट जोड्ने लक्ष्य लिइएको छ । फिल्म सोसाइटीले चलचित्र प्रदर्शनीका साथसाथै अप्रवासी समुदायलाई लक्षित गरी चलचित्रसम्बन्धी तालिम कार्यशाला, कला संस्कृतिबारे छलफल र चलचित्र महोत्सवजस्ता गतिविधिहरु सञ्चालन सुरु गरेको जानकारी गराउदछौं ।
यसै क्रममा फिल्म सोसाइटीले वि.संं २०७४ साल वैशाख २२ देखि २४ सम्म (मे ५ देखि ७, २०१७) नेपाल—अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव (Nepal America International Film Festival-2017) आयोजना गर्ने घोषणा गरेको छ । वार्षिक रुपमा आयोजना गरिने पहिलो चलचित्र महोत्सव ३ दिन सम्म चल्ने छ । अमेरिकाको वासिङ्गटन डिसी महानगर क्षेत्रमा आयोजना गरिने चलचित्र महोत्सवसमा मुलत नेपालका फिचर फिल्म (Featured Films), वृत्तचित्र (Documentary), छोटा चलचित्र (Short Films), एनिमेशनका साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिनेछ । नेपालबाहेक दक्षिण एसिया, अमेरिका सहित विश्वभरी बनेका चलचित्रहरु यस महोत्सवमा समावेश गरिनेछ । चलचित्र प्रदर्शनपछि चलचित्रबारे दर्शक र चलचित्र निर्माता/निर्देशक तथा कलाकारसग छलफल कार्यक्रम पनि आयोजना गरिनेछ । यसका अतिरिक्त नेपाली डायस्पोरा र चलचित्र जस्ता विभिन्न विधामा विषयगत छलफल तथा कार्यशालाहरुको पनि आयोजना हुनेछन् । प्रतिष्पर्धाका लागि छानिएका उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ ।
यो महोत्सव अमेरिकामा रहेका नेपाली डायस्पोरा संघसंस्था तथा व्यक्तित्वहरु, नेपाल लगायगत विभिन्न देशका चलचित्रसम्बन्धी संघसंस्था र महोत्सवहरुस“गको सहकार्यमा आयोजना गरिनेछ । यो महोत्सव नेपाली डायस्पोरा समुदायको चलचित्र संस्कृति (Film Culture) सम्बन्धि साझा मञ्चको रुपमा स्थापित गराउने लक्ष्य राखिएको छ ।
त्यसैले महोत्सवलाई सफल बनाउन सबैलाई हामी हार्दिक अनुरोध गर्दछौं । नेपाली र आप्रवासी चलचित्रकर्मी लगायत विश्वभरीका सम्पूर्ण चलचित्रकर्मीहरुलाई आफ्ना चलचित्र पठाउन अनुरोध गर्दछौं । चलचित्र पठाउने सम्पूर्ण जानकारी सामाजिक संजाल र वेभसाइटमा उपलब्ध छ । चलचित्र महोत्सव आयोजना हुने स्थान र समय तालिकाहरु क्रमशः सार्वजनिक गरिने छ ।
चलचित्र महोत्सवसम्बन्धी थप प्रगति विवरणहरु सामाजिक संजाल र वेभसाइटमार्फत क्रमशः जानकारी गराइने छ । महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नका लागि चललिचत्रकर्मी, समीक्षक, पत्रकार, चलचित्रसम्बन्धी संघसंस्था र सरोकारवालाहरुबाट सल्लाह सुझाबको हामी सधै स्वागत गर्नेछौं ।
थप जानकारीहरु भएमा हामीलाई संपर्क गर्नुहोला । nafilmsociety@gmail.com

पूर्णसिंह बराइली
महोत्सव निर्देशक

No comments yet, be the first to leave one!

You must be logged in to post a comment.